Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न यस्ता छन् मापदण्ड

अर्थ संसार

बुधबार, १६ फागुन २०८०, ०८ : २६ मा प्रकाशित

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न यस्ता छन् मापदण्ड

नेपाल धितोपत्र बोर्डको अध्यक्षका दर्खास्त आव्हान भएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीन बहादुर श्रेष्ठ नेतृत्वको छनोट समितिले दर्खास्त आवहान गरेको हो ।

इच्छुक योग्य नेपाली नागरिकले पाँच हजार दस्तुर तिरेर आगामी १५ दिन भित्र अर्थात फागुन ३० गते सम्म आवेदन दिन सक्नेछन् ।

बोर्डको अध्यक्ष तय गरिएको आवश्यक योग्यता तथा अनुभव यस प्रकार रहेका छन्। 

(अ) धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूंजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति ।

(आ) धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० बमोजिम देहायको योग्यता भएको

(क) नेपालको नागरिक भएको,
(ख) उच्च नैतिक चरित्र भएको,
(ग) धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको, र
(घ) सोही ऐनको दफा ११ बमोजिम अयोग्य नभएको ।

(इ) अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) ले तोके बमोजिम तीस वर्ष उमेर पूरा भई पैसट्ठी वर्ष उमेर ननाघेको, तथा देहायको अयोग्यता नरहेको
(क) भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषध कारोवार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाएको,
(ख) प्रचलित कानून बमोजिम कालो सूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा नभ .एको, (ग) कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त गरेको,
(घ) मानसिक सन्तुलन ठीक नभएको ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको