Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकका डेपुटी सिइओ पक्राउबारे बैंकर्स संघले गृहमन्त्रालय र सिआइबीसँग छलफल गर्ने

अर्थ संसार

बुधबार, १६ फागुन २०८०, १३ : ०६ मा प्रकाशित

प्रभु बैंकका डेपुटी सिइओ पक्राउबारे बैंकर्स संघले गृहमन्त्रालय र सिआइबीसँग छलफल गर्ने

प्रभु बैंकका डेपुटी सिइओ पक्राउबारे बैंकर्स संघले गृहमन्त्रालय र सिआइबीसँग छलफल गर्ने भएको छ ।

हिजो प्रभु बैंकका सिनियर नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० जना पक्राउ परेपछि नेपाल बैंकर्स एसोसिएसन (एनबिए) ले बुधबार आकस्मिक बैठक बोलाएको थियो । न्यून धितोमा अधिकतम कर्जा प्रवाह गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन सेन्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका मनोज न्यौपानेलाई नियन्त्रणमा लिएको थियो ।

सीआईबीले न्यौपानेसँगै पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसी गौतम लगायत अन्य आठलाई पनि सात दिन हिरासतमा राख्न अनुमति लिएर अनुसन्धान गरिरहेको छ । देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र चौलागाईंलाई कर्जा प्रवाह गर्दा धितोले खाम्ने भन्दा अत्यधिक ऋण दिएको भन्दै उनीहरु अनुसन्धानको दायरामा तानिएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको