Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर निर्धारणमा भद्र सहमति हट्यो, अब बैंकहरू आ-आफैँले ब्याज निर्धारण गर्ने

अर्थ संसार

विहीबार, २८ असार २०८०, ११ : २८ मा प्रकाशित

ब्याजदर निर्धारणमा भद्र सहमति हट्यो, अब बैंकहरू आ-आफैँले ब्याज निर्धारण गर्ने

ब्याजदर निर्धारणमा हुँदै आएकाे भद्र सहमति हटेकाे छ । अब उप्रान्त बैंकहरू आ-आफैँले ब्याजदर निर्धारण गर्न सक्ने भएका छन् ।

 नेपाल बैंकर्स एसोसिएसनकाे आज बसेकाे बैठकले बैंकहरु आफैँले ब्याज निर्धारण गर्ने सक्ने बाटाे खुलाइदिएकाे हाे । यसअघि भद्र सहमतिकाे  आधारमा ब्याजदर निर्धारण गरिँदै आएकाे थियाे । अब भने बैंकहरुले राष्ट्र बैंकले दिएको सीमाभित्र रहेर आफै ब्याज निर्धारण गर्नेछन् ।

याे व्यवस्था यही साउन महिनाबाट लागू हुन्छ । साउन महिनादेखि बैंकहरूकाे फरक फरक ब्याजदर हुनेछ ।

हाल व्यक्तिगत मुद्दती निक्षेपको ब्याज अधिकतम ९.९९ र संस्थागत मुद्दतीको अधिकतम ब्याज ७.९९ प्रतिशत रहेको छ।  साउन महिनामा बैंकहरूले ब्याजदर घटाउने संकेत छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको