Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बन्यो

अर्थ संसार

विहीबार, २१ मंसिर २०८०, ०७ : ४८ मा प्रकाशित

बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बन्यो

बैंक तथा वित्तीय संस्थाका छाता संस्थाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै बैंक र बैंक सम्बद्ध कर्मचारीमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।

बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपाल र नेपाल वित्तीय संस्था संघले मंगलबार झापाको बिर्तामोडमा एक बैंकका कर्मचारीमाथि भएको धरपकडको निन्दा गरेका हुन् ।

झापाको विर्तामोडको एक वाणिज्य बैंकमा कार्यरत कर्मचारीलाई धरपकड गरिएको थियो। ऋण नदिएको भन्दै केही व्यक्तिले उक्त बैंकका कर्मचारीलाई प्रहरी चौकी पुर्‍याएका थिए । उक्त घटना प्रति लक्षित बैंकका संस्थाहरुले आपत्ती जनाएको छ र  घट्नामा संलग्न दोषीहरुलाई कारवाहीको माग पनि गरेको छ। 

आफ्ना ग्राहकहरुलाई सेवा–सुविधा प्रदान गर्न भूकम्प, कोभिडलगायत विषम परिस्थितिमा समेत अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीहरुमाथि यस प्रकारको दुर्व्यवहार हुनु निन्दनीय भएको उनीहरुको भनाइ छ ।

संयुक्त विज्ञप्तिमावित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहको सुरक्षाको प्रत्याभूती गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन जिम्मेवार निकायहरुसंग माग बैंकका छाता संस्थाहरुले गरेको छ।  

साथै, बैंकिङ्ग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको हुंदा यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई भईरहेका अराजक घट्नालाई समयमैै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसंग अनुरोध पनि गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको