Like us!
Follow us!
Connect us!
Watch us!

“पहिले थुन अनि सुनको" प्रक्रियाले वित्तीय क्षेत्र नै चिन्तित र आतंकित बन्यो - बैंक तथा वित्त संगठन

अर्थ संसार

बुधबार, १६ फागुन २०८०, २० : २५ मा प्रकाशित

“पहिले थुन अनि सुनको" प्रक्रियाले वित्तीय क्षेत्र नै चिन्तित र आतंकित बन्यो - बैंक तथा वित्त संगठन

बैंकिङ तथा वित्तीय संस्था सम्बद्ध चार संघले बुधबार विज्ञप्ति जारी गर्दै समग्र वित्तीय क्षेत्र नै पछिल्लो धरपकड र पक्राउबाट चिन्तित र आतंकित बनेको बताएका छन् ।

नेपाल बैंकर्स एसोसिएसन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, नेपाल राष्ट्र बैंकबाट जारी हुने निर्देशनहरु तथा अन्य प्रचलित ऐन, नियमका साथै बैंकिङ्ग क्षेत्रका मान्य सिद्धान्तहरु समेतको पालना गरी पारदर्शी तरिकाले बैंकिङ्ग कारोवार गर्दै उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको अधिनमा रही संस्थाहरुको आ-आफ्नै नीति तथा कार्यविधि बमोजिम आ-आफ्नो अधिकार क्षेत्र भित्र रहि निक्षेप संकलन तथा कर्जा लगानी गर्दै आएको बताएका।छन् ।

बैंक तथा वित्तीय संस्थाहरुमा कुनै पनि लगानी सम्बन्धी कार्य गर्दा सोमा संलग्न हुने सबै कर्मचारी तथा संचालक समितिले विधिको पालना गरी असल मनसायबाट कार्य गर्दै आएको बताउँदै कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा सोमा संलग्न व्यक्तिहरुलाई प्रचलित कानून बमोजिम कारवाही हुनुपर्नेमा आफूहरु स्पष्ट रहेको संघहरुले जनाएका छन् । यसका लागि सम्बन्धित निकायलाई आवश्यक परेको खण्डमा बैंकका कर्मचारी, सम्बन्धित बैंक र नेपाल बैंकर्स संघ सहयोग र समन्वयको लागि सधैँ तत्पर रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैंकिङ्ग कसूरसंग सम्बन्धित अनुसन्धान प्रक्रिया “पहिला सुन अनि थुन" हुनु पर्नेमा “पहिले थुन अनि सुनको" प्रक्रियाले बढावा पाएको बताउँदै त्यसले बैंकरहरुको मानसिक तथा सामाजिक अवस्थामा गम्भिर असर पुऱ्याएको, यसबाट यस क्षेत्रमा काम गर्ने कर्मचारीहरुको मनोवल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने र समग्र अर्थतन्त्रको विकासमा समेत यसले असर पुग्न जाने संघले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले चल / अचल सम्पत्ति बाहेक परियोजना, व्यापार, नगद प्रवाह लगायत थुप्रै आधारहरु हेरेर नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको अधिनमा रही कर्जा प्रवाह गर्ने बताउँदै वित्तीय संस्थाले पारदर्शी रुपमा नियामक निकायबाट निर्देशित सिद्धान्तलाई अक्षरस पालना गर्दै अगाडी बढीरहेको संवेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताको प्रत्याभूती गराउन संघहरुले संयुक्त रुपमा माग गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको