Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा उल्लेख्य भोल्युमसहित उच्च अङ्कको गिरावट

अर्थ संसार

विहीबार, १७ फागुन २०८०, १५ : २३ मा प्रकाशित

सेयरबजारमा उल्लेख्य भोल्युमसहित उच्च अङ्कको गिरावट

बिहीबार सेयरबजारमा उच्च अङ्कको गिरावट भएको छ । हिजो झिनो अङ्कले बढेको सेयरबजार आज उच्च कारोबार रकमसहित ओरालो लागेको हो ।

बुधबार ०.८७ अङ्कले बढेको सेयरबजार आज २८.६८ अङ्कले घटेर १९७२.०९ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ३ करोड ८१ लाख ९ सय ७७ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेर २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार दुई सय २८ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा बिएनएल र मनकामना स्मार्ट लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा जोशी हाइड्रो, अप्पर स्याङ्गे हाइड्रो र मोलुङ हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घट्यो ।

आज कुनै पनि उपसूचक बढ्न सकेन भने फाइनान्स समूहको उपसूचक सर्वाधिक ३.२१ प्रतिशतले घट्दा हाइड्रोपावर समूहको उपसूचक २.६२ प्रतिशत र ट्रेडिङ उपसूचक २.५१ प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको