Like us!
Follow us!
Connect us!
Watch us!

टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

अर्थ संसार

शुक्रबार, १८ फागुन २०८०, १५ : १० मा प्रकाशित

टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

त्रिकोणात्मक टिट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज भएको रोचक खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको छ ।

काठमाडौं त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा नेपालले टस हारेर ब्याटिङ गरेको थियो । नेपालले निर्धारित २० ओभरमा १ सय ८० रनको प्रतिस्पर्धात्मक स्कोर खडा गर्न सफल भयो । टोलीका लागि कुशल मल्लले ५५ रन बनाउँदा आरिफ सेखले ३१ र गुल्सन झाले २६ रनको योगदान दिए । बलिङतर्फ नामिबियाका बेन सिकोङ्गोले ३ र ज्याक ब्रासेलले २ विकेट लिए ।

प्रतिउत्तरमा एक सय ८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा १७७ रनमा सीमित हुनपुग्यो । नामिबियाका लागि जेजे स्मिटले ५० रन बनाउँदा जेन फ्राइलिङ्कले ३७ र जेपी कुत्जाले २५ रन बनाए । बलिङतर्फ नेपालका करन केसी, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २-२ विकेट चट्काउन सफल भए ।

घरेलु टोली नेपाल, नामिबिया र नेदरल्यान्ड सहभागी यस  शृङ्खलामा नेपाललाई फाइनलको सम्भावना जीवितै राख्न आजको खेल जित्नै पर्ने आवस्यकता रहेको थियो । अब नेपालले भोलि नेदरल्यान्डसँग खेल्नेछ । नेपाल यस अघि नामिबिया र नेदरल्यान्डसँग एक-एक खेल हारेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको