Like us!
Follow us!
Connect us!
Watch us!

टिट्वान्टी सिरिज : नेदरल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

अर्थ संसार

शनिबार, १९ फागुन २०८०, ११ : १५ मा प्रकाशित

टिट्वान्टी सिरिज : नेदरल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

त्रिकोणात्मक टिट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आजको खेलमा नेदरल्यान्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

काठमाडौं त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा  बिहान ११:३० मा खेल शुरु हुनेछ । फाइनल प्रवेशका लागि आज नेपालले खेल जित्नै पर्ने बाध्यता रहेको छ । यस अघि सिरिजमा नेदरल्यान्डसँग हारिसकेको नेपालले आजको खेलमा पराजित भएमा फाइनलको ढोका लगभग बन्द हुनेछ । घरेलु टोली नेपाल, नामिबिया र नेदरल्यान्ड सहभागी यस  शृङ्खलामा नेपालले दुई हार र एक जीत हासिल गरेको छ ।
 
नेपालले नामिबियाविरुद्ध एक खेल जितेको थियो भने अर्को खेल हारेको थियो । नेदरल्यान्डले नेपाल र नामिबियालाई एकएक पटक हराइसकेको छ । लिगको अन्तिम खेलमा भोलि नामिबिया र नेदरल्यान्ड भिड्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको