Like us!
Follow us!
Connect us!
Watch us!

टिट्वान्टी सिरिज : नेदरल्यान्डलाई हराउँदै नेपाल फाइनलमा

अर्थ संसार

शनिबार, १९ फागुन २०८०, १४ : ५६ मा प्रकाशित

टिट्वान्टी सिरिज : नेदरल्यान्डलाई हराउँदै नेपाल फाइनलमा

त्रिकोणात्मक टिट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आजको खेलमा नेपालले नेदरल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । यससँगै नेपालको फाइनल यात्रा पक्का भएको छ ।

 काठमाडौं त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा भएको खेलमा नेदरल्यान्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । फाइनल प्रवेशका लागि जित्नै पर्ने खेलमा आज नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्यो । टोलीले नेदरल्यान्डलाई १९.३ ओभरमै १२० रनमा अलआउट गर्न सफल भयो । नेदरल्यान्डका म्याक्स ओडाउदले सर्वाधिक ३१ रन बनाउँदा रुलोफ भ्यान डर मर्वीले २३ र टिम भ्यान डर गुग्टेनले २४ रन बनाए । बलिङतर्फ नेपालका प्रतिश जिसीले ३ विकेट लिँदा कुशल मल्ल र करन केसी २-२ विकेट चट्काउन सफल भए ।

प्रतिउत्तरमा एक सय २१ रनको लक्ष्य नेपालले चार विकेटको क्षतिमा १५.२ ओभरमै पछ्याउन सफल भयो । नेपालका रोहित पौडेलले ४६ र गुल्सन झाले ३८ रनको योगदान दिए । नेदरल्यान्डका भिभियन किङ्ग्माले प्रभावकारी बलिङ गर्दै ३ विकेट लिए पनि टोलीलाई जीत दिलाउन अपर्याप्त रह्यो ।

यस सँगै घरेलु टोली नेपाल, नामिबिया र नेदरल्यान्ड सहभागी यस  शृङ्खलामा नेपालले दुई हार र दुई जीत हासिल गरेको छ । नेपालले नेदरल्यान्ड र नामिबिया दुवैविरुद्ध एक खेल जितेको छ भने अर्को खेल हारेको छ । लिगको अन्तिम खेलमा भोलि नामिबिया र नेदरल्यान्ड भिड्नेछन् । नेदरल्यान्डलाई विशाल अन्तरले हराउन सके मात्रै नामिबिया फाइनलमा पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको