Like us!
Follow us!
Connect us!
Watch us!

द क्लिफमा 'कमाण्डो' तालिम अन्तर्गत नेपाल प्रहरीका प्रशिक्षार्थी बञ्जी जम्प गर्दै

अर्थ संसार

आइतबार, २० फागुन २०८०, ०७ : ४६ मा प्रकाशित

द क्लिफमा 'कमाण्डो' तालिम अन्तर्गत नेपाल प्रहरीका प्रशिक्षार्थी बञ्जी जम्प  गर्दै

नेपाल प्रहरिको 'प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिम' अन्तर्गत नवौं समूहमा तालिमरत प्रहरीहरु बञ्जी जम्प गर्न कुश्मा स्थित द क्लिफ पुगेका छन् ।

प्रहरी युक्ति तालिम महाविद्यालयले १ सय १४ जना प्रशिक्षार्थी प्रहरीहरूलाई  बिहिवार, शुक्रबार र शनिबारसम्म  बन्जी जम्प  योजना रहेको छ । बिहिवार १२ जनाले जम्प गरेका छन् भने बाँकिले शुक्रबार र शनिबार जम्प गर्ने योजना छ । 

तालिम संयोजक प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलको संयोजनमा क्लिफमा प्रहरीहरूलाई बञ्जी जम्प गराउन लागिएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले जानकारी दिए । 

यसअघि समेत प्रहरीले तालिम अन्तर्गत विभिन्न साहसिक खेलहरूमा आफ्ना प्रहरीहरूलाई सहभागी गराउँदै आएको छ । 

तालिम अन्तर्गत प्रहरीको यसअघि २ समुहले फरक फरक समयमा द क्लिफमै बन्जी गरेका थियो ।   क्लिफका अध्यक्ष राजु कार्कीले नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुशी भएको बताए ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ । सो बन्जी जम्पका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको