Like us!
Follow us!
Connect us!
Watch us!

टी-२० शृंखलाको अन्तिम खेल आज :उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स खेल्दै

अर्थ संसार

मंगलबार, २२ फागुन २०८०, ०८ : ४२ मा प्रकाशित

टी-२० शृंखलाको अन्तिम खेल आज :उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स खेल्दै

टी- २० त्रिकोणात्मक सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन्। आज त्रिवि मैदान कीर्तिपुरमा नेपाल र नेदरल्यान्ड्स बिचको खेल ११:३० बजेदेखि सुरु हुनेछ। 

नेपालले घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि जित्न चाहन्छ। नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्कसहित फाइनलमा पुगेको हो। नेपाल ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो।

नेपाल र नेदरल्यान्ड्सबीच ११ टी-२० आई खेल भएका छन् जसमा नेपाल समान ५ खेलमा जित र हार व्यहोरेको छ भने एक खेल नतिजा विहीन छ। त्रिवि मैदान कीर्तिपुरमा नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच टी-२० आई खेल भएका छन् जसमा नेपाल ३ खेलमा विजयी भएको छ। 

लिग चरणको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराउँदा दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको