Like us!
Follow us!
Connect us!
Watch us!

टिट्वान्टी सिरिजको फाइनलमा नेपालले नेदरल्यान्डलाई दियो १८५ रनको लक्ष्य

अर्थ संसार

मंगलबार, २२ फागुन २०८०, १३ : ११ मा प्रकाशित

टिट्वान्टी सिरिजको फाइनलमा नेपालले नेदरल्यान्डलाई दियो १८५ रनको लक्ष्य

त्रिकोणात्मक टिट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज भइरहेको फाइनल खेलमा नेपालले नेदरल्यान्डसामू जीतका लागि १८५ रनको लक्ष्य पेश गरेको छ ।

 काठमाडौं त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा भएको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपालले निर्धारित २० ओभरमा १ सय ८४ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गर्न सफल भयो । टोलीका लागि आसिफ सेखले ४७ रन बनाउँदा गुल्सन झाले ३४ रन र कुशल मल्लले २६ रनको योगदान दिए । रोहित पौडेलले २५ र कुशल भुर्तेलले पनि २० रन बनाए ।

बलिङतर्फ नेदरल्यान्डका टिम भान डर गुटेन, फ्रेड क्लासेन, माइकल लेभिट र साइब्रान्ड एङ्गलब्रेक्टले समान २-२ विकेट लिए । एक सय ८५ रन पछ्याउँदै नेदरल्यान्डले केही क्षणमा ब्याटिङ थाल्नेछ । यस अघि लिग चरणको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराउँदा दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।

घरेलु टोली नेपाल, नामिबिया र नेदरल्यान्ड सहभागी यस  शृङ्खलामा नामिबिया भने फाइनलमा छनोट हुन असफल भएको थियो । विश्वकप छनोट लिग-२ को त्रिकोणात्मक शृङ्खला खेल्न दुई देश नेपाल आएका थिए । शृङ्खलामा नेपालले निराशाजनक प्रदर्शन गर्दै चार खेलमा एक जीत मात्र हात पार्न सफल भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको