Like us!
Follow us!
Connect us!
Watch us!

टिट्वान्टी सिरिजको फाइनलमा नेपाललाई हराउँदै नेदरल्यान्डले जित्यो उपाधि

अर्थ संसार

मंगलबार, २२ फागुन २०८०, १४ : ५९ मा प्रकाशित

टिट्वान्टी सिरिजको फाइनलमा नेपाललाई हराउँदै नेदरल्यान्डले जित्यो उपाधि

त्रिकोणात्मक टिट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज भएको फाइनल खेलमा घरेलु टिम नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्डले उपाधि हासिल गरेको छ ।

काठमाडौं त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा भएको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्यो । नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८४ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो । टोलीका लागि आसिफ सेखले ४७ रन बनाउँदा गुल्सन झाले २६ रन र कुशल मल्लले २६ रनको योगदान दिए । रोहित पौडेलले २५ र कुशल भुर्तेलले पनि २० रन बनाए । बलिङतर्फ नेदरल्यान्डका टिम भान डर गुटेनले ३ तथा माइकल लेभिट र साइब्रान्ड एङ्गलब्रेक्टले २-२ विकेट लिए । 

प्रतिउत्तरमा एक सय ८४ रन पछ्याएको नेदरल्यान्डले २० औं ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेदरल्यान्डका लागि ओपनर माइकल लेभिटले ५४ तन बनाउँदा साइब्रान्ड एङ्गलब्रेक्ट ४८ रनको योगदान दिए । टोलीका लागि विक्रम जित सिंहले २९ र म्याक्स ओ दाउदले पनि २२ रन बनाए । बलिङतर्फ नेपालका कुशल मल्लले ४ विकेट लिए टोलीलाई जित दिलाउन भने सफल भएनन् ।

घरेलु टोली नेपाल, नामिबिया र नेदरल्यान्ड सहभागी यस  शृङ्खलामा नामिबिया भने फाइनलमा छनोट हुन असफल भएको थियो । विश्वकप छनोट लिग-२ को त्रिकोणात्मक शृङ्खला खेल्न दुई देश नेपाल आएका थिए । उक्त शृङ्खलामा पनि नेपालले निराशाजनक प्रदर्शन गर्दै चार खेलमा एक जीत मात्र हात पार्न सफल भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको