Like us!
Follow us!
Connect us!
Watch us!

भावी अर्थमन्त्री वर्षमान पुनलाई अनन्त सेयरबजारले गर्यो हरियो कार्पेटले नै स्वागत

अर्थ संसार

बुधबार, २३ फागुन २०८०, १५ : ११ मा प्रकाशित

भावी अर्थमन्त्री वर्षमान पुनलाई अनन्त सेयरबजारले गर्यो हरियो कार्पेटले नै स्वागत

नवगठित मन्त्रीमण्डलमा अर्थमन्त्रीको जिम्मा लिन लागेका माओवादी केन्द्रका वर्षमान पुनलाई सेयरबजारले हरियो कार्पेटले नै स्वागत गरेको छ । मङ्गलबार उच्च अङ्कको गिरावट भएको सेयरबजारमा आज भने सामान्य वृद्धि भएको छ ।

मङ्गलबार ७०.३१ अङ्कले घटेको सेयरबजार आज भने ९.३३ अङ्कले घटेर २०१७.०३ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९ सय ५८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३ सय ५७ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा भने गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा दोल्ती हाइड्रो, स्वरोजगार लघुवित्त, जोशी हाइड्रो, गोर्खा फाइनान्स र सिवाईसी लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा मोलुङ हाइड्रो र गुराँस लघुवित्त रहे । ती कम्पनीको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।

आज फाइनान्स समूहको उपसूचक सर्वाधिक १.६८ प्रतिशतले बढ्दा ट्रेडिङ समूहको उपसूचक १.३ र अन्य समूहको उपसूचक १.१७ प्रतिशतले बढ्यो । आज बैंकिङ समूहको उपसूचक सर्वाधिक ०.१ प्रतिशतले घट्दा लाइफ इन्स्योरेन्स समूहको उपसूचक ०.०२ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको