Like us!
Follow us!
Connect us!
Watch us!

टिट्वान्टी सिरिजमा पिएनजीविरुद्ध नेपाल ८५ रनले विजयी

अर्थ संसार

मंगलबार, २९ फागुन २०८०, ०९ : ५३ मा प्रकाशित

टिट्वान्टी सिरिजमा पिएनजीविरुद्ध नेपाल ८५ रनले विजयी

हङकङमा जारी त्रिकोणात्मक टिट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ८५ पराजित गरेको छ ।

हङकङको मिसन रोड खेलमैदानमा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने गरेको थियो । नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९८ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो । टोलीका लागि कुशल भुर्तेलले ५९ रन बनाउँदा सन्दीप जोराले ५६ रन र विनोद भण्डारीले २७ रनको योगदान दिए । विवेक यादवले १९ र लोकेश बमले पनि १४ रन उच्च स्ट्राइक रेटमा बनाउँदा नेपालले उत्कृष्ट फिनिसिङ पाएको थियो । बलिङतर्फ पिएनजीका असद भल्लाले २ विकेट लिए । 

प्रतिउत्तरमा एक सय ९९ रन पछ्याएको पिएनजी १६.१ औं ओभरमा ११३ रनमै सीमित हुनपुग्यो । टोलीका लागि हिरि हिरिले सर्वाधिक २८ तन बनाउँदा ओपनर सिसे बाउले २१ रनको योगदान दिए । त्यसबाहेकका खेलाडीले उल्लेख्य योगदान दिन नसक्दा टोली ठूलो अन्तरले पराजित हुन पुग्यो । बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ तथा प्रतिश जिसीले २ विकेट लिए ।

घरेलु टोली हङकङ, नेपाल र पिएनजी सहभागी यस  शृङ्खलामा नेपाल र हङकङबीचको पहिलो खेल भने वर्षाले रद्द भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको