Like us!
Follow us!
Connect us!
Watch us!

टिट्वान्टी सिरिज फाइनल : पिएनजीले नेपाललाई दियो १ सय ७२ रनको लक्ष्य

अर्थ संसार

बुधबार, ३० फागुन २०८०, १३ : ४४ मा प्रकाशित

टिट्वान्टी सिरिज फाइनल : पिएनजीले नेपाललाई दियो १ सय ७२ रनको लक्ष्य

हङकङमा जारी त्रिकोणात्मक टिट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज भएको फाइनल खेलमा पपुवा न्युगिनीले नेपाललाई १ सय ७२ रनको लक्ष्य दिएको छ ।

हङकङको मङकङस्थित मिसन रोड खेलमैदानमा भएको खेलमा पिएनजीले टस हारेर पहिले ब्याटिङ गर्ने गरेको थियो । टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७१ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो । टोलीका लागि टोनी उराले ६१ रन बनाउँदा सन्दीप जोराले ५६ रन र एली नाओले ३० रनको योगदान दिए । हिला भारेले १८ र हिरि हिरिले पनि १५ रन बनाए । बलिङतर्फ नेपालका आकाश चन्द र कुशल भुर्तेलले ३-३ विकेट लिए ।

एक सय ७२ रनको लक्ष्य पछ्याउँदै नेपालले केही क्षणमा जवाफी ब्याटिङ थाल्नेछ । घरेलु टोली हङकङ, नेपाल र पिएनजी सहभागी यस  शृङ्खलामा आयोजक हङकङ भने फाइनलमा पुग्न असफल रह्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको