Like us!
Follow us!
Connect us!
Watch us!

स्रोत नखुलेको करिब तीन करोड नगदसहित आठ पक्राउ

अर्थ संसार

विहीबार, ०१ चैत्र २०८०, १६ : २० मा प्रकाशित

स्रोत नखुलेको करिब तीन करोड नगदसहित आठ पक्राउ

बाँकेमा स्रोत नखुलेको करिब ३ करोड नगद रकम सहित आठजना पक्राउ परेका छन् ।

फागुन २७ र २८ गते बाँके जिल्लाको नेपालगन्ज -४ गणेशपुर, नेपालगन्ज -२ पुष्पलाल चोक र नेपालगन्ज -१ सानिमा बैंक मानिसहरुले स्रोत नखुलेको रकमको कारोबार गरिरहेको बिशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई खानतालसी गर्ने क्रममा श्रोत नखुलेको नेपाली नोट एक करोड उनान्चालिस लाख बैसठ्ठी हजार सात सय रुपैयाँ र सोह्र लाख ६५ हजार छ सय भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका आठ जनालाई थप अनुसन्धान एवं आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाईएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको