Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा बसेर माखो मार्न नसकेका कृष्णबहादुर कार्की धितोपत्र बोर्ड हाँक्ने तयारीमा !

अर्थ संसार

शनिबार, ०३ चैत्र २०८०, १० : १४ मा प्रकाशित

नेप्सेमा बसेर माखो मार्न नसकेका कृष्णबहादुर कार्की धितोपत्र बोर्ड हाँक्ने तयारीमा !

नेपाल स्टक एक्सचेन्ज जस्तो पूँजी बजारको फ्रन्टलाईनर रेगुलेटरको प्रमुख कार्यकारी अधिकृतको महत्वपूर्ण जिम्मेवारीमा रहेर विगत दुई बर्षदेखि माखो मार्न नसकेका कृष्णबहादुर कार्की नेपाल धितोपत्र बोर्डको अध्यक्ष हुने तयारीमा जुटेका छन् । 

सत्ताधारी माओवादीको जनार्दन शर्मा गुटसँग निकट मानिने कार्की प्रधानमन्त्री प्रचण्डको विस्वास पात्र हुँ भन्दै धितोपत्र बोर्डको अध्यक्ष हुन निवेदन दर्ता गराएका छन् । दुई वर्ष पहिला नेपाल धितोपत्र बोर्डको अध्यक्ष कांग्रेसको भागमा पर्दा नेप्सेको सीईयो  माओबादीको भागमा परेको थियो । तर कार्कीको कार्यकालमा जनअपेक्षा अनुसारको काम भने हुन सकेको छैन । उनको अहिलेसम्मको कार्यकालमा नेप्सेमा समस्याहरू घट्नुको साटो झन् थपिँदै गएको देखिन्छ । तिनै माओबादी निकट नेप्सेका कार्की अहिले धितोपत्र बोर्डको अध्यक्ष हुन निवेदन दर्ता गराएक छन् । उनी सगै  अन्य १९ जनाले पनि धितोपत्र बोर्डको अधक्षका लागि आवेदन दर्ता गराएका छन् । 

नेप्सेको प्रमुख कार्यकारीको पदावधि दुई बर्ष भन्दा लामो समय बाँकी छँदा नै त्यसलाई मायाँ मारेर धितोपत्र बोर्डको अध्यक्ष हुन तम्सिएका कार्की नेप्सेका सबैभन्दा कमजोर र कार्यकुशलता नभएका कार्यकारीमा दरिएका छन् । नेप्सेका कार्यकारी भए पनि अधिकांंश समय कार्यालय बाहिर नै विताउने उनले पूँजी बजार सुधार र बिस्तारका लागि कुनै पनि काम गरेका छैनन् । कार्कीको गैरजिम्मेवारी र निस्क्रियता देखेर नेप्सेका कर्मचारीहरु समेत आजित छन् । 

सरकारी सेवामा लामो समय बसेर सहसचिव समेत भएका  कार्कीले माओवादी सरकारकै पालामा बुढीगण्डकी आयोजनाको जिम्मेवारी पाएका थिए । पूँजी बजार सम्बन्धी ज्ञान र अनुभव नभएका कार्कीलाई नेप्सेको प्रमुख कार्यकारीमा नियुक्त गरेर तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ठूलो गल्ति गरेको नेप्सेका कर्मचारी तथा सेयर लगानीकर्ताले बताउँदै आएका छन् ।

नेप्सेमा आउँदा ठूलो आर्थिक लाभ हुन्छ भन्ने सोचे पनि भने जस्तो नभएकाले धितोपत्र बोर्डतर्फ सर्न लागेको अभिब्यक्ति उनले चिने जानेकाहरु माझ दिने गरेका बताइन्छ। खासगरी धितोपत्र बोर्डमा रहेर रमेश हमालले लिएको फाईदाबाट उनी बढी प्रभावित भएको समेत बताईन्छ । 

कार्कीले बोर्डको अध्यक्ष हुन निवेदन दर्ता गराएपछि लगानीकर्तामा भने त्रास छाएको छ । एक लगानीकर्ता भन्छन्, नेप्सेमा बसेर पूँजी बजार बिकास र लगानीकर्ताको हितका लागि माखो मार्न नसकेका यस्ता ब्यक्ति धितोपत्र बोर्डको अध्यक्ष भए भने नेपालको पूँजी बजार अरु डुब्ने निश्चित छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको