हालै आयोजित एक कार्यक्रममा बालुवाटार, काठमाण्डोै स्थित कोष व्यवस्थापक रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्धित रिलायबल प्राइभेट इक्वीटी फण्डबाट धुम्बाराही काठमाण्डौ अवस्थित, सम्पूर्ण सेवा सुविधा सहित पूर्ण रुपमा सञ्चालनमा रहेको पाँचतारे वर्गको श्री अकामा होटल लिमिटेडमा लगानी गर्ने सम्झौता भएको छ ।
फण्डको तर्पबाट कोष व्यवस्थापकका प्रमुख कार्यकारी अधिकृत श्री सुदय कान्त झाज्यू र अकामा होटलको तर्पबाट होटलका अध्यक्ष श्री विनय कुमार श्रेष्ठज्यूले लगानी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
लगानी सम्झौता अनुसार, रिलायबल प्राइभेट इक्वीटी फण्डले अकामा होटलमा बाइस करोड पचास लाख रुपैँया लगानी गरी प्राथमिक सार्वजनिक निष्कासन पश्चात् कायम रहने शेयर पूँजीको दश प्रतिशत रकम बराबरको सेयर खरिद गर्नेछ । \
रिलायबल प्राइभेट इक्वीटी फण्ड, विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्र्तगत नेपाल धितोपत्र बोर्डमा दर्ता भई संस्थापन तथा सञ्चालन भएको कोष हो जसको व्यवस्थापन रिलायबल भेन्चर क्यापिटल लिमिटेडले गरको छ । यस कोषको मुख्य उद्देश्य सूचिकृत नभएका संस्थाहरुमा लगानी गरी सो सस्ंथाहरुलाई एक वैकल्पिक वित्तीय श्रोत उपलब्ध गराउनु रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस