मङ्गलबार प्रीओपनमा सर्वोत्तम सिमेन्टको पहिलो कारोबार भएको छ ।
कम्पनीको पहिलो कारोबार ५ सय ५६ रुपैयाँमा खुलेको हो । नेप्सेले दिएको ओपनिङ रेञ्जको अधिकतम मूल्यमै पहिलो कारोबार खुलेको हो । प्री ओपनमा कम्पनीको एक सय २० कित्ता सेयर कारोबार भएको छ । कम्पनीको सेयर SARBTM संकेतबाट दोस्रो बजारमा कारोबार हुँदैछ ।
कम्पनीले स्थानीय, योग्य संस्थागत लगानीकर्ता, कर्मचारीसहित सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा गरि कुल ६० लाख कित्ता आइपिओ जारी गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस