Like us!
Follow us!
Connect us!
Watch us!

झिनो अङ्कले ओरालो लाग्यो सेयरबजार, साढे तीन अर्बको कारोबार

अर्थ संसार

बुधबार, ०७ चैत्र २०८०, १५ : १५ मा प्रकाशित

झिनो अङ्कले ओरालो लाग्यो सेयरबजार, साढे तीन अर्बको कारोबार

सेयरबजारमा बुधबार झिनो अङ्कको गिरावट भएको छ । हिजो पनि सामान्य अङ्कले घटेको सेयरबजार आज थप ओरालो लागेको हो ।

मङ्गलबार ६.२४ अङ्कले घटेकोको सेयरबजार आज थप ३.३४ अङ्कले घटेर २०६३.९५ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५ सय ५४ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा बुद्धभूमि हाइड्रो, गोर्खाज फाइनान्स, सर्वोत्तम सिमेन्ट, धौलागिरी लघुवित्त र गुराँस लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढी वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा बिएनएल र भगवती हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घट्यो ।

आज लघुवित्त समूहको उपसूचक सर्वाधिक २.५१ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहको उपसूचक ०.७५ र ट्रेडिङ समूहको उपसूचक ०.०८ प्रतिशतले बढ्यो । यसैगरी आज उत्पादन उपसूचक सर्वाधिक १.४५ प्रतिशतले घट्दा अन्य समूहको उपसूचक ०.६८ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको