Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडियो श्रृंखला र पुस्तक सार्वजनिक

अर्थ संसार

शुक्रबार, ०९ चैत्र २०८०, १६ : १२ मा प्रकाशित

कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडियो श्रृंखला र पुस्तक सार्वजनिक

कुमारी बैंक लिमिटेडले वित्तीय साक्षरता प्रवर्द्धन र उद्यमीहरूलाई सशक्तिकरण गर्न महत्वपूर्ण कदम चालेको छ।

प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा अभिनेत्री दीपाश्री निरौलाको उपस्थितिमा बैंकले यसै बिहीबार आफ्नो वित्तीय साक्षरता भिडियो श्रृंखला र पुस्तक एकैसाथ सार्वजनिक गरेको हो।

बैंकिङ्ग सेवाहरूको विवेकपूर्ण उपयोगलाई प्रवर्द्धन गर्न गहिरो ध्यान केन्द्रित गर्दै, भिडियो श्रृंखलाले व्यवसाय व्यवस्थापन, नगद प्रवाह व्यवस्थापन, बैंकिङ सुरक्षा र सहीखाताहरू कायम राख्ने जस्ता अत्यावश्यक विषयहरूमा जोड दिएको छ।

बैंकले भिडियो श्रृंखला र पुस्तकमार्फत बैंकिङ सेवाको प्रयोग, व्यवसाय सुरू र सञ्चालन गर्ने प्रकृया, बैंकिङ सुरक्षाजस्ता धेरै विषयवस्तुमा केन्द्रीत गरेको छ।

उक्त भिडियो श्रृंखला र पुस्तक शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामीण क्षेत्रमा आधारित साना तथा मझौला व्यवसायहरूलाई पनि ठूलो टेवा पुग्ने तथा यसबाट व्यवसायीहरूले लाभ उठाउन सक्ने देखिन्छ।

भिडियो श्रृंखलामा दीपाश्री निरौला, दमन रुपाखेती, शिवशंकर रिजाल लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ भने उहाँहरूको संलग्नताले ‘वित्तिय साक्षरता अभियान’ रचनात्मक बनाएको छ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले वित्तीय साक्षरता र उद्यमशीलतालाई बढावा दिन बैंकले सो कदम चालेको बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको