Like us!
Follow us!
Connect us!
Watch us!

आयरल्यान्डसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा,को को परे टिममा ?

अर्थ संसार

आइतबार, ११ चैत्र २०८०, १३ : ३६ मा प्रकाशित

आयरल्यान्डसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा,को को परे टिममा ?

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयरल्यान्डसँग खेल्ने टी–२० र एक दिवसीय सिरिजका लागि नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ। 

क्यानले आइतबार विनोद भण्डारीको कप्तानीमा टोलीको घोषणा गरेको हो । 

नेपाल ‘ए’ ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयरल्यान्डसँग यही मार्च २८, २९ र ३० तारिख टी–२० र अप्रिल ३, ५ र ७ तारिख एक दिवसीय सिरिज खेल्दैछ । 

क्यानले घोषणा गरेको नेपाल ‘ए’ टी–२० को टोलीमा विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी र विकास अग्री रहेका छन्  । 

तेस्तै, एक दिवसीयमा विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, साहब आलम,  रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री र मौसम ढकाल रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको