आयरल्यान्ड वुल्भ्सविरुद्ध जारी पहिलो टिट्वान्टी खेलमा नेपालले १२२ रनको लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै गरेको खेलमा वुल्भ्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । वुल्भ्सले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २१ रनको स्कोर खडा गरेको थियो । टोलीका लागि स्टेफेन डोहेनीले सर्वाधिक ४६ रन बनाउँदा थोमस माएस र लियाम म्याकार्थीले समान १६ रनको योगदान दिए । बलिङतर्फ नेपालका ललित राजवंशी, गुल्सन झा र कुशल भुर्तेलले २-२ विकेट लिए ।
एक सय २२ रनको लक्ष्य पछ्याउँदै नेपालले केही क्षणमा ब्याटिङ थाल्दैछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस