Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारको ओरालो यात्रा जारी, कारोबार पनि घट्यो

अर्थ संसार

सोमबार, १२ चैत्र २०८०, १५ : १९ मा प्रकाशित

सेयरबजारको ओरालो यात्रा जारी, कारोबार पनि घट्यो

सेयरबजारमा आइतबार दोहोरो अङ्कको गिरावट भएको छ । अघिल्ला तीन कारोबार दिन पनि घटेको सेयरबजार आज थप ओरालो लागेको हो ।

बिहीबार १५.३७ अङ्कले घटेकोको सेयरबजार आज थप १७.०१ अङ्कले घटेर २०३१.५५ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७ सय १३ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा सर्वोत्तम सिमेन्ट, बिएनएल र तारागाउँ रिजेन्सी होटल रहे । ती कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढी वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा किसान लघुवित्त, अभियान लघुवित्त र बुद्धभूमि हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घट्यो ।

आज उत्पादन तथा प्रशोधन समूहको उपसूचक मात्रै २.१९ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूहको उपसूचक ०.४५ र ट्रेडिङ समूहको उपसूचक ०.३० प्रतिशतले बढ्यो । यसैगरी आज लघुवित्त उपसूचक सर्वाधिक २.२५ प्रतिशतले घट्दा विकास बैंक समूहको उपसूचक १.४९ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको