Like us!
Follow us!
Connect us!
Watch us!

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ६ विकेटले विजयी

अर्थ संसार

सोमबार, १२ चैत्र २०८०, १६ : ०८ मा प्रकाशित

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ६ विकेटले विजयी

आयरल्यान्ड वुल्भ्सविरुद्ध जारी पहिलो टिट्वान्टी खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै गरेको खेलमा वुल्भ्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । वुल्भ्सले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २१ रनको स्कोर खडा गरेको थियो । टोलीका लागि स्टेफेन डोहेनीले सर्वाधिक ४६ रन बनाउँदा थोमस माएस र लियाम म्याकार्थीले समान १६ रनको योगदान दिए । बलिङतर्फ नेपालका ललित राजवंशी, गुल्सन झा र कुशल भुर्तेलले २-२ विकेट लिए ।

एक सय २२ रनको लक्ष्य नेपालले १६.१ ओभरमै पूरा गर्न सफल रह्यो । टोलीका लागि कुशल भुर्तेलले ३७, सन्दीप जोराले ३६ र दीपेन्द्र सिंह ऐरीले २० रनको योगदान दिए । बलिङतर्फ ग्यारेथ डेलानीले दुई विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको