Like us!
Follow us!
Connect us!
Watch us!

मैलुङ खोला हाइड्रोको सेयर कारोबार फुकुवा

अर्थ संसार

सोमबार, १२ चैत्र २०८०, १६ : १६ मा प्रकाशित

मैलुङ खोला हाइड्रोको सेयर कारोबार फुकुवा

सेयर मूल्य सेन्सेटिभ सूचना नेप्सेलाई समयमै जानकारी नगराउँदा स्थगन भएको मैलुङ खोला हाइड्रोको सेयर कारोबार चैत १२ गतेबाट फुकुवा भएको छ ।

नेप्सेका अनुसार कम्पनीले चैत ७ गते बुधबार दिउँसो ३:३० बजे सञ्चालक समितिको बैठकबाट लाभांश घोषणा सम्बन्धि निर्णय गरेको थियो । तर कम्पनीले त्यसबारे नेप्सेलाई आज बिहान ११:१७ बजे मात्रै जानकारी गराएको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ । 

तर कम्पनीले उक्त विनियमको व्यवस्था पालना नगरेको भन्दै नेप्सेले उक्त विनियमावलीको १६(१)(ख) को व्यवस्था बमोजिम धितोपत्र कारोबार स्थगन गरि अबको तीन कार्यदिन भित्र के कति कारणले कारोबार समयमै सञ्चालक समितिको बैठक बसी लाभांश प्रस्ताव गरिएको हो भन्ने स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । 

कम्पनीले नोट्समा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको हुँदा समयमा जानकारी गराउन नसकिएको भन्दै आगामी दिनमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धतासहित पत्र पेश गरेको थियो । यसैको आधारमा धितोपत्र सूचीकरण विनियमावली, २०७५ का शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै धितोपत्रको कारोवार रोक्का फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट २.३३८ प्रतिशत लाभांश वितरण निर्णय गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको