Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई ‘चार तारे होटल’को मान्यता

अर्थ संसार

सोमबार, १२ चैत्र २०८०, १६ : ५९ मा प्रकाशित

सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई ‘चार तारे होटल’को मान्यता

सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा अवस्थित ‘सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट’ ले ४ तारे होटल स्तरको मान्यता पाएको छ । 

पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो । ‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त रिसोर्टलाई पर्यटन ऐन अनुसार चार तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ’, पर्यटन विभागले भनेको छ ।


२५ विघा क्षेत्रफलमा विस्तारित रिसोर्टमा २० डिलक्स, ६२ वटा सुपर डिलक्स, २ वटा स्विट रुम गरी ८४ वटा रुम रहेका छन् रहेका छन् ।

साथै साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल रहेको यस रिसोर्टमा रहेको पोखरीमा मोटरबोट सयर गर्न पाइन्छ । सोही पोखरीमा होटलको ‘फिस फार्म’ समेत रहेको छ ।

त्यस क्षेत्रमा उच्च सङ्ख्यामा भारतीय पर्यटक भित्र्याउन सफल रिसोर्टले ४ तारा स्तरको मान्यता पाएसँगै सो ब्यापारमा अझ राम्रो गर्ने आशा गरिएको सिध्दार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

रिसोर्टमा ज्याकुजी, स्पा लगायत सुबिधा उपलब्ध छन् । हालसम्म ७५ जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सन्चालन पस्चात झण्डै ३८० जनालाई रोजगारी मिल्ने सिईओ न्यौपानेले बताए ।

रिसोर्टले यसअघि ४४औं विश्व पर्यटन दिवसको अवसरमा ग्रामीण क्षेत्रमा स्थानीय उत्पादन, स्थानीय रोजगारी एवम् एग्रो टुरिजम मार्फत पर्यटन प्रवर्द्धनमा योगदान पुऱ्याए बापत राष्ट्रिय सम्मान पाइसकेको छ ।

यस्तै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यस रिसोर्टले ठूलो भुमिका निर्वाह गर्ने रिसोर्टका अध्यक्ष लक्ष्मण भण्डारीले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको