Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा करिब साढे १ अंकले  बढ्यो नेप्से

अर्थ संसार

मंगलबार, १३ चैत्र २०८०, १० : ५६ मा प्रकाशित

प्रि ओपन सेसनमा करिब साढे १ अंकले  बढ्यो नेप्से

आज साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेर बन्द भएको छ।

सोमबार १७.०१ अंक घटेर २०३१.५५ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा १.४४ अंक बढेर २०३३.०० विन्दुमा पुगेको छ।  उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा २३ स्टकको १९ लाख ३ हजार १५२ रुपैयाँ २० पैसाबराबरको २ हजार १२२ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने १० स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको