Like us!
Follow us!
Connect us!
Watch us!

आयरल्यान्ड वुल्भ्सलाई नेपाल दियो १९९ रनको लक्ष्य

अर्थ संसार

मंगलबार, १३ चैत्र २०८०, १४ : ३६ मा प्रकाशित

आयरल्यान्ड वुल्भ्सलाई नेपाल दियो १९९ रनको लक्ष्य

आयरल्यान्ड वुल्भ्सविरुद्ध जारी दोस्रो टिट्वान्टी खेलमा नेपालले पहिले ब्याटिङ गर्दै १९९ रनको विशाल स्कोर खडा गरेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै गरेको खेलमा आज नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्यो । टोलीले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ९९ रनको स्कोर खडा गरेको हो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रन बनाउँदा कुशल मल्लले ३४ र रोहित पौडेलले ३३ रनको योगदान दिए । बलिङतर्फ आयरल्यान्डका म्याथ्यु फोस्टरले ३ र बेन ह्वाइटले २ विकेट लिए ।

एक सय ९९ रनको लक्ष्य पछ्याउँदै आयरल्यान्ड वुल्भ्सले केही क्षणमा ब्याटिङ थाल्नेछ । हिजो भएको सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको