Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा सामान्य सुधार, कारोबार भने घट्यो

अर्थ संसार

मंगलबार, १३ चैत्र २०८०, १५ : ०९ मा प्रकाशित

सेयरबजारमा सामान्य सुधार, कारोबार भने घट्यो

सेयरबजारमा मङ्गलबार दोहोरो अङ्कको वृद्धि भएको छ । अघिल्ला चार कारोबार दिनसम्म घटेको सेयरबजारमा आज भने सामान्य सुधार भएको हो ।

सोमबार १७.०१ अङ्कले घटेकोको सेयरबजार आज १०.१४ अङ्कले बढेर २०४१.७० विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४ सय ८५ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५ सय ३ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा भने गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा सर्वोत्तम सिमेन्ट, दोल्ती पावर र विन लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढी वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा धौलागिरी लघुवित्त, मानुषी लघुवित्त र भगवती हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो ।

आज उत्पादन तथा प्रशोधन समूहको उपसूचक मात्रै २.११ प्रतिशतले बढ्दा हाइड्रोपावर समूहको उपसूचक १.५८ प्रतिशत र विकास बैंक समूहको उपसूचक ०.४६ प्रतिशतले बढ्यो । यसैगरी आज लाइफ इन्स्योरेन्स उपसूचक सर्वाधिक ०.१८ प्रतिशतले घट्दा ट्रेडिङ समूहको उपसूचक ०.१४ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको