Like us!
Follow us!
Connect us!
Watch us!

आयरल्यान्ड वुल्भ्स दोस्रो खेलमा पनि पराजित

अर्थ संसार

मंगलबार, १३ चैत्र २०८०, १६ : ३७ मा प्रकाशित

आयरल्यान्ड वुल्भ्स दोस्रो खेलमा पनि पराजित

आयरल्यान्ड वुल्भ्सविरुद्ध भएको दोस्रो टिट्वान्टी खेलमा नेपाल ७१ रनले विजयी बनेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै गरेको खेलमा आज नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्यो । टोलीले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ९८ रनको स्कोर खडा गरेको थियो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रन बनाउँदा कुशल मल्लले ३४ र रोहित पौडेलले ३३ रनको योगदान दिए । बलिङतर्फ आयरल्यान्डका म्याथ्यु फोस्टरले ३ र बेन ह्वाइटले २ विकेट लिए ।

१९९ रनको विशाल लक्ष्य लक्ष्य पछ्याएको आयरल्यान्ड वुल्भ्स १८.३ ओभरमा एक सय २७ रनमा सीमित हुन पुगेको हो । टोलीका लागि स्टेफेन डोहेनीले २६, मोर्गन टपिङले २१ तथा निल रक र  रोअ एडेयरले समान १७ रनको योगदान दिए । बलिङतर्फ कुशल मल्ल र सोमपाल कामीले समात ३-३ विकेट लिए । हिजो भएको सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको