Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा लाग्यो छैटौं पोजिटिभ सर्किट, सेयरमूल्य एक हजार नजिक

अर्थ संसार

बुधबार, १४ चैत्र २०८०, ११ : ०५ मा प्रकाशित

सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा लाग्यो छैटौं पोजिटिभ सर्किट, सेयरमूल्य एक हजार नजिक

सर्वोत्तम सिमेन्टको सेयरभाउमा आज बुधबार लगातार छैटौं सकारात्मक सर्किट लागेको छ ।

पहिलो कारोबार ५ सय ५६ रुपैयाँमा खुलेको उक्त कम्पनीको सेयरभाउ पहिलो दिन ६११.७, दोस्रो दिन ६७२.७, तेस्रो दिन ७३९.९, चौथो दिन ८१३.८ रुपैयाँ पाँचौ दिन ८९५.१ हुँदै आज छैटौं दिन ९८४.६ पुगेर छैटौं सकारात्मक सर्किट लागेको हो । उक्त सेयरमा अहिले पनि अत्यधिक माग रहेको छ भने सप्लाई शून्य रहेको छ । न्यूनतम ५० कित्ता परेको उक्त कम्पनीको आइपिओ भएका लगानीकर्ताले हालसम्म ३१ हजार भन्दा बढी नाफा कमाइसकेका छन् ।

सर्वोत्तम सिमेन्टले स्थानीय, योग्य संस्थागत लगानीकर्ता, कर्मचारीसहित सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा गरि कुल ६० लाख कित्ता आइपिओ जारी गरेको हो । हाल नेप्सेमा सर्वोत्तमसहित सोना, शिवम् र घोराही गरि चार सिमेन्ट कम्पनी सूचीकृत रहेका छन् जसमध्ये सर्वोत्तम सिमेन्ट सबैभन्दा महङ्गो कम्पनी बनेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको