Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले पुन: डाउन ट्रेन्डलाई नै समात्यो, कारोबार थप खुम्चिदै

अर्थ संसार

बुधबार, १४ चैत्र २०८०, १५ : १४ मा प्रकाशित

नेप्सेले पुन: डाउन ट्रेन्डलाई नै समात्यो, कारोबार थप खुम्चिदै

लगातार चार दिनसम्म घटेर मङ्गलबार बढेको सेयरबजार पुन: ओरालो यात्रामै लागेको छ ।

हिजो १०.१४ अङ्कले बढेको सेयरबजार आज भने १०.८३ अङ्कले घटेर २०३०.८६ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५ सय ३ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५ सय ३४ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा सर्वोत्तम सिमेन्ट, पिपल्स पावर र इस्टर्न हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढी वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा कालिका लघुवित्त, सृजनशील लघुवित्त र उन्नति सहकार्य लघुवित्त रहे । ती कम्पनीको सेयरमूल्य ४ प्रतिशत कै हाराहारीमा घट्यो ।

आज उत्पादन तथा प्रशोधन समूहको उपसूचक मात्रै ०.९१ प्रतिशतले बढ्यो । यसैगरी आज फाइनान्स उपसूचक सर्वाधिक १.७२ प्रतिशतले घट्दा ट्रेडिङ समूहको उपसूचक १.६ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको