Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडेले दिए पार्टीबाट राजीनामा

अर्थ संसार

विहीबार, १५ चैत्र २०८०, १५ : २८ मा प्रकाशित

रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडेले दिए पार्टीबाट राजीनामा

राष्ट्रिय योजना आयोगका सदस्य बनेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडेले दिए पार्टीबाट राजीनामा दिएका छन् ।

उनी चैत ८ गते राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका थिए । पार्टीका साथै आयोगको सदस्यका रुपमा रहँदा सम्भावित स्वार्थको द्वन्द हुने भन्दै उनले रास्वपा केन्द्रीय कमिटी तथा सबै किसिमको विभागीय नेतृत्वबाट बाहिरिएको उनले जनाएका हुन् ।

नेपाल आर्थिक फोरम, आइआइडिएसको सल्लाहकारबाट पनि आफूले राजीनामा दिएको पाँडेले ट्वीटमार्फत जानकारी दिएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको पार्टीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको