Like us!
Follow us!
Connect us!
Watch us!

लोकेश बमको विस्फोटक शतकले पनि जोगाएन नेपाल 'ए' लाई, आयरल्यान्ड वुल्भ्स २१ रनले विजयी

अर्थ संसार

शुक्रबार, १६ चैत्र २०८०, १६ : ३५ मा प्रकाशित

लोकेश बमको विस्फोटक शतकले पनि जोगाएन नेपाल 'ए' लाई, आयरल्यान्ड वुल्भ्स २१ रनले विजयी

लोकेश बमको विस्फोटक शतकका बाबजुद आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो टिट्वान्टी खेलमा नेपाल 'ए' २१ रनले पराजित भएको छ ।

त्रिभुवन विश्वविद्यालयको मैदानमा आज मध्यान्ह २ बजे शुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । तर आइरिस टोली निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रनको विशाल स्कोर खडा गर्दा फिल्डिङको निर्णय नेपाली टोलीलाई भारी पर्न गयो । आयरल्यान्ड वुल्भ्सका लागि पिटर मुरले सर्वाधिक ४९ रन बनाउँदा केड कारमाइकल र कप्तान निल रकले समान ३८ तथा स्टेफेन डोहेनीले ३४ रन बनाए । बलिङतर्फ नेपालका हेमन्त धामीले २ तथा आरिफ सेख र कमल सिंह ऐरीले एक-एक विकेट लिन सफल रहे ।

प्रतिउत्तरमा २ सय २३ रनको विशाल लक्ष्य पछ्याएको नेपाली टोलीको सुरुवात मध्यम रह्यो । पावरप्लेमा टोलीले ४३ रन बनाउँदा कप्तान विनोद भण्डारीलाई १६ रनमा गुमाउन पुग्यो । त्यसपछि आधा इनिङसम्म धर्मराएको नेपाली ब्याटिङलाई लोकेश बम र आरिफ सेखले उत्कृष्ट साझेदारी गर्दै उकासेका थिए । बमले ५६ बलमै व्यक्तिगत १०६ रनको जोडदार पारी खेल्दै आउट भए भने आरिफ सेख पनि ४९ रनमा पवेलियन फर्किए । तर दुवै सेट ब्याट्सम्यान आउट भएपछि नेपाली टोली सम्हालिन सकेन र पराजित हुन पुग्यो । वुल्भ्सका म्याथ्यु हम्फ्रेले र फियोन ह्यान्डले तीन-तीन विकेट लिन सफल रहे ।

आयरल्यान्ड वुल्भ्सको टोलीले नेपालको 'ए' टिमसँग टिट्वाण्टी र एकदिवसीय सिरिज खेल्न लागेको हो । टिट्वान्टी सिरिज अन्तर्गत भोलि दोस्रो खेल हुनेछ । यसअघि राष्ट्रिय टोलीसँग भएको टिट्वान्टी सिरिजमा आयरल्यान्ड वुल्भ्स २-० अन्तरले पराजित भएको थियो । नेपालको 'ए' टिम विनोद भण्डारीको कप्तानीमा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको