Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा दोहोरो अङ्कको गिरावट, कारोबारमा भने वृद्धि

अर्थ संसार

आइतबार, १८ चैत्र २०८०, १५ : १४ मा प्रकाशित

सेयरबजारमा दोहोरो अङ्कको गिरावट, कारोबारमा भने वृद्धि

साताको पहिलो दिन आइतबार सेयरबजारमा दोहोरो अङ्कको गिरावट आएको छ ।

बिहीबार ४.७८ अङ्कले बढेको सेयरबजार आज भने १७.३० अङ्कले घटेर २०१८.३३ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४ सय ६८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा भने वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा माया खोला हाइड्रो, उन्नति सहकार्य लघुवित्त र मन्दाकिनी हाइड्रो कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा बढी वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा सर्वोत्तम सिमेन्ट र बिएनएल रहे । ती कम्पनीको सेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घट्यो ।

आज नन लाइफ इन्स्योरेन्स समूहको उपसूचक मात्रै ०.१२ प्रतिशतले बढ्यो । यसैगरी आज उत्पादन तथा प्रशोधन समूहको उपसूचक सर्वाधिक ३.६५ प्रतिशतले घट्दा ट्रेडिङ समूहको उपसूचक १.७४ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको