Like us!
Follow us!
Connect us!
Watch us!

स्रोत नखुलेको नगद १८ लाखसहित २ जना पक्राउ

अर्थ संसार

आइतबार, १८ चैत्र २०८०, १८ : ०३ मा प्रकाशित

स्रोत नखुलेको नगद १८ लाखसहित २ जना पक्राउ

नेपाल प्रहरीले स्रोत नखुलेको नगद १८ लाख ५० हजारसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट २ जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका ११ का २३ वर्षीय रिसब श्रेष्ठ र ३७ वर्षीय देवेन्द्र न्यौपाने रहेका छन् । प्रहरीले लु २ ख ४५३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका सहचालक श्रेष्ठलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धानका क्रममा उक्त रकम रूपन्देही तिलोत्तमा नगरपालिका ११ का ३७ वर्षीय देबेन्द्र न्यौपानेले काठमाडौं पुर्‍याइदिनू भनी श्रेष्ठलाई पठाएको पाइएको छ । प्रहरीले अहिले न्यौपानेलाई समेत नियन्त्रणमा लिएको छ । यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको