Like us!
Follow us!
Connect us!
Watch us!

आयरल्यान्ड वुल्भ्सविरुद्धको तेस्रो टिट्वान्टीमा नेपाल 'ए' लाई सान्त्वना जीत

अर्थ संसार

सोमबार, १९ चैत्र २०८०, १६ : ५० मा प्रकाशित

आयरल्यान्ड वुल्भ्सविरुद्धको तेस्रो टिट्वान्टीमा नेपाल 'ए' लाई सान्त्वना जीत

आयरल्यान्ड वुल्भ्सविरुद्धको तेस्रो टिट्वान्टीमा नेपाल 'ए' टोलीले सान्त्वना जीत हात पारेको छ । खेलमा आयरल्यान्ड वुल्भ्स तीन रनको झिनो अन्तरले पराजित भएको हो ।

त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाली टोली टस हार्दै ब्याटिङमा उत्रिएको थियो । नेपाली टोली उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २१३ रनको विशाल स्कोर खडा गर्न सफल भयो । नेपालका लागि आरिफ सेखले ९३ रन बनाउँदा रासिद खानले २४ तथा बसिर अहमद र कमल सिंह ऐरीले समान १९ रन बनाए । आयरल्यान्डका फियोन ह्यान्डले दुई विकेट लिए ।

प्रतिउत्तरमा २१४ रनको विशाल लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा रन मात्र बनाउन सक्यो । आइरिस टोलीका लागि ग्यारेथ डेलानीले सर्वाधिक ६८ रन बनाउँदा मोर्गन टपिङले ६० र रोस एडेयरले ३१ रनको योगदान दिए । नेपालका विपिन खत्रीले ३ विकेट लिन सफल रहे ।

तीन खेलको टिट्वान्टी सिरिजमा नेपाल यस अघिनै दुई खेल हार्दै सिरिज गुमाईसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको