Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुको मुद्दति निक्षेपमा साढे ३ अर्ब लगानी गर्दै वैदेशिक रोजगार विभाग

अर्थ संसार

मंगलबार, २० चैत्र २०८०, १६ : १२ मा प्रकाशित

बैंकहरुको मुद्दति निक्षेपमा साढे ३ अर्ब लगानी गर्दै वैदेशिक रोजगार विभाग

वैदेशिक रोजगार विभागले बैंकहरुको मुद्दति निक्षेपमा साढे ३ अर्ब लगानी गर्ने भएको छ। विभागले सूचना जारी गर्दै ३ अर्ब ५३ करोड रुपैयाँ वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने जानकारी गराएको हो ।

विभागले यसअघि धरौटीबापतको उक्त रकम वाणिज्य बैंकहरुमा १ वर्षका लागि मुद्दति निक्षेपका रुपमा राखेको थियो। यो मुद्दति निक्षेपको परिपक्व अवधि २०८१ वैशाख ५ गतेबाट सकिँदैछ।

विभागले सोही रकम पुनः १ वर्षका लागि वाणिज्य बैंकहरुका राख्न लागेको हो। यसका लाग लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गरी विभागको वेबसाइटबाट दरभाउ फराम डाउन लोड गरी यही चैत २६ गते दिउँसो ३ बजेभित्र विभागको आर्थिक प्रशासन शाखामा पेस गर्न सूचनामा भनिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको