Like us!
Follow us!
Connect us!
Watch us!

८ सय कामदारका लागि खुल्यो इजरायलमा रोजगारी,आगामी २० दिनभित्रमा आवेदन दिइसक्नु पर्ने

अर्थ संसार

बुधबार, १२ असार २०८१, १० : ३१ मा प्रकाशित

८ सय कामदारका लागि खुल्यो इजरायलमा रोजगारी,आगामी २० दिनभित्रमा आवेदन दिइसक्नु पर्ने

इजरायल जाने नेपाली कामदारको लागि आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले मंगलबार (असार ११) गते सूचना प्रकाशित गरी ८ सय जनाको लागि आवेदन खुल्ला गरेको हो ।

नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको हो । यसमा निजी क्षेत्रको संलग्नता छैन । इजरायल जान इच्छुकले असार ११ गतेबाट लागू हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्नेछ । योग्यता पुगेकाहरूलाई गोलप्रथाबाट छानिनेछ ।

८ सय जना माग भएको मध्ये ५ सयजना मुख्य उम्मेदवार रहेको र  त्यसमा तीन सय जनालाई वैकल्पिकमा राखिने विभागले जनाएको छ ।

विभागका अनुसार २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाई भएको, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएसएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पास भएकाले आवेदन दिन पाउने छन् ।

यो काममा जानेको मासिक तलब ५८ सय ८० इजरायली मुद्रा तोकिएको छ । यसको करार अवधी सुरुमा एक वर्षको हुनेछ । त्यसपछि अधिकतम ५ वर्षसम्म हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको