Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बोलायो साधारण सभा ,लाभांश प्रस्ताव पारित गरिने

अर्थ संसार

बुधबार, २१ चैत्र २०८०, १४ : १४ मा प्रकाशित

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बोलायो साधारण सभा ,लाभांश प्रस्ताव पारित गरिने

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश पारित गर्ने गरी चैत २७ गतेलाई साधारण सभा बोलाएको हो।

साधारण सभाले सञ्चालक समितिबाट प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ।  सभामा कम्पनीको आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ।

त्यस्तै सभाले आर्थिक वर्ष २०८०र८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि राखेको छ। साथै, सभाले संस्थापकबाट ४ र सर्वसाधारणबाट २ जना सञ्चालक निर्वाचित गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको