Like us!
Follow us!
Connect us!
Watch us!

८३.९५ प्रतिशतले बढ्यो सगरमाथा लुम्बिनीको मुनाफा, यस्तो छ समग्र वित्तीय अवस्था

अर्थ संसार

बुधबार, ३० साउन २०८१, १४ : ४० मा प्रकाशित

८३.९५ प्रतिशतले बढ्यो सगरमाथा लुम्बिनीको मुनाफा, यस्तो छ समग्र वित्तीय अवस्था

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको छ ।

कम्पनीको नाफा

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको नाफा ८३.९५ प्रतिशतले बढेर ६० करोड ८९ लाख १ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३३ करोड १० लाख २३ हजार रुपैयाँ रहेको थियो ।

जीवन बीमा कोष

कम्पनीको जीवन बीमा कोषको आकार ६.६८ प्रतिशतले घटेर ६ अर्ब ९० करोड ४७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको उक्त आकार ७ अर्ब ३९ करोड माथि रहेको छ ।

खुद बीमा शुल्क

कम्पनीको खुद बीमा शुल्क आर्जन १९.०७ प्रतिशतले बढेर १ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । 

प्रतिसेयर आम्दानी

कम्पनीको प्रतिसेयर आम्दानी १७.५१ रुपैयाँबाट बढेर २३.२२ रुपैयाँ रहेको छ ।

प्रतिसेयर नेटवर्थ

कम्पनीको प्रतिसेयर नेटवर्थ २४२.०४ रुपैयाँ रहेको छ ।

चुक्तापुँजी/जगेडा कोष

कम्पनीको चुक्तापुँजी २ अर्ब ६२ करोड रुपैयाँ र जगेडा कोष सञ्चिति १२.५६ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको