Like us!
Follow us!
Connect us!
Watch us!

आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो एकदिवसीयमा नेपाल 'ए' पराजित

अर्थ संसार

बुधबार, २१ चैत्र २०८०, १५ : २७ मा प्रकाशित

आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो एकदिवसीयमा नेपाल 'ए' पराजित

आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो एकदिवसीयमा नेपाल 'ए' टोली पराजित भएको छ । खेलमा आयरल्यान्ड वुल्भ्स २१ रनको अन्तरले विजयी भएको हो ।

त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाली टोली टस हार्दै फिल्डिङमा उत्रिएको थियो । नेपाली टोली उत्कृष्ट बलिङ गर्दै आइरिस टोलीलाई ३७ ओभरमै १५७ रनमा अलआउट गर्न सफल भयो । टोलीका लागि केड कार्माइकले सर्वाधिक ५१ रन बनाउँदा निल रकले ३९ र पिटर मुरले २१ रनको योगदान दिए । नेपालका कमल सिंह ऐरीले ४ विकेट लिन सफल रहे ।

प्रतिउत्तरमा १५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १३६ रनमै अलआउट हुन पुग्यो । नेपाली टोलीका लागि सहाब आलमले सर्वाधिक ३७ रन बनाउँदा देव खनालले २६ र बसिर अहमदले २० रनको योगदान दिए । आयरल्यान्डका म्याथ्यु हम्फ्रेले ५ र लियाम म्याकार्थीले ४ विकेट लिन सफल रहे ।

यस अघि तीन खेलको टिट्वान्टी सिरिजमा नेपालले २-१ को हार व्यहोरीसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको