Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ क्षेत्र सबल छः सुनिल केसी

अर्थ संसार

विहीबार, २२ चैत्र २०८०, १७ : १८ मा प्रकाशित

बैंकिङ क्षेत्र सबल छः सुनिल केसी

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्र सबल रहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै केसीले बैंकिङ क्षेत्रका इन्डिकेटरहरु सकारात्मक भएकाले नेपाली बैंकि क्षेत्र सबल रहेको बताएका हुन् ।  

अहिले बैंकहरुमा निक्षेप बढेपनि कर्जा प्रवाह नहुँदा अधिक तरलताको स्थिति रहेको उनले बताए ।  हाल बैंकहरुसँग ५ खर्ब रुपैयाँ भन्दा बढी अधिक तरलताको स्थिति रहेको केसीको भनाई छ ।

यता, बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ८१ प्रतिशत रहेको पनि केसीले जानकारी गराएका छन् । कर्जाको ब्याजदर पनि एकल अंक बराबर आएको उनको भनाई छ । यसअघि ११.०८ प्रतिशत रहेको औसत बेस रेट अहिले ८.७७ प्रतिशत मा सीमित भएको उनले बताए । उक्त बेस रेट एकल ब्याजदर बराबर रहेको उनको भनाई छ । अहिले घर कर्जा र विद्युतीय सवारी साधनको ब्यादर सस्तो भएको केसीले बताए । ब्याजदर घटेसँगै औद्योगिक क्षेत्रमा कर्जाको माग बढ्ने अपेक्षा अध्यक्ष केसीले बताएका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष केसीले अर्थतन्त्त्रमा बैंकिङ क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको र बैंकिङ क्षेत्रलाई बलियो बनाउन मिडियाले सकारात्मक भूमिका खेल्नुपर्ने समेत बताएका छन् । 
बैंकिङ क्षेत्रले अर्थतन्त्रमा पुर्याएको भूमिकाबारे बुझिदिन पनि अध्यक्ष केसीले आग्रह गरे  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको