Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबारदेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ शुरु, आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने परराष्ट्र मन्त्रीको विश्वास

अर्थ संसार

शुक्रबार, २३ चैत्र २०८०, ११ : ५५ मा प्रकाशित

बिहीबारदेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ शुरु, आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने परराष्ट्र मन्त्रीको विश्वास

बिहीबारदेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ शुरु भएको छ । ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा मेड इन नेपाल नारासहित जावलाखेल फुटबल मैदानमा आयोजित उक्त ट्रेड एक्स्पोको उद्घाटन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गरेका हुन् ।

एक्स्पोको उद्घाटन गर्दै उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठले हस्तकलाको केन्द्र र कला नगरीका रुपमा ललितपुरले कायम राख्दै आएको पहिचान तथा देशकै आर्थिक विकासमा ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपालमा अहिले संविधान कार्यन्वयनको चरणमा रहेको उल्लेख गदै उनले सरकारले आर्थिक र सामाजिक रुपान्तरणका निम्ति सकृयतापूर्वक काम गर्दै आएको बताए। नेपाल सांस्कृतिक तथा प्राकृतिक रुपमा समृद्ध देश भएको बताउँदै मन्त्री श्रेष्ठले आर्थिक विकासमा तीब्रता दिदै छलाङ मार्ने गरी अगाडि बढ्नुको विकल्प नरहेको स्पष्ट समेत पारे ।

आगामी सोमबारसम्म चल्ने इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहेको छ । ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइलैण्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी सामनहरु इन्टरनेशनल ट्रेड एक्स्पोमा राखिएको छ ।

ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्शको सहयोग, जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा राखिएको ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले बताए ।

यसका साथै ललितपुर चेम्बर अफ कमर्सले इण्ट्ररडक्सन ट्रेड शो नेपाल प्रा.लि. सँगको सहकार्यमा पहिलो पटक ललितपुरको मुख्य केन्द्र बिन्दु जावलाखेल फुटबल ग्राउण्डमा आयोजना गर्न लागेको एक्स्पोमा मेड ईन ललितपुरको पेभिलिन रहनेछ । जसमा ललितपुरमा उत्पादन हुने मौलिक निकासी योग्य समानहरु र दैनिक उपभोग्य सामानहरुका अतिरिक्त आफ्नो ब्राण्डको परिचित गराउने र ललितपुरको विभिन्न वडाहरुबाट उत्पादन हुने विभिन्न सामानहरुको प्रर्दशनी रहेको अध्यक्ष शाक्यले बताए ।  

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष कमलेश कुमार अग्रवालले ललितपुर चेम्बरले स्थापना काल देखी नै महत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको प्रसंग उल्लेख गर्नुहुँदै यस्ता नेपाल मेलाले देशको अर्थतन्त्र चलायमान गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । त्यसैगरि कार्यवाहक अध्यक्षअग्रवालले आर्थिक कुटनीतिलाई बढवा दिन उपप्रधान तथा परराष्ट्र« मन्त्री श्रेष्ठ समक्ष आग्रह गर्नुहुँदै श्रेष्ठले हालसालै गरेको चीन भ्रमणका क्रममा १२ वटा नाका खुला गर्ने, हवाई उडान बृद्धि, लगानी सम्मेलनमा चिनिया व्यापारीको उल्लेख्य सहभागीता, व्यापार निकासीका निम्ति सहजीकरण आदी विषयमा समझदारीले निजी क्षेत्र उत्साहित रहेको बताएका छन्। साथै उहाँ विदेशी मुद्रा अहिलेसम्मकै उच्च मौज्दात रहेको तथा बैक तथा वित्तिय संस्था र राष्ट बैकमा यथेष्ट मौज्दात रहदा रहदै पनि नीतिगत समस्याका कारण स्वदेशी लगानीकर्ताहरु उत्साहित हुन नसक्दा अर्थतन्त्रले आशातित रुपमा गति हासिल गर्न नसकेको उल्लेख गरे ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको