Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ए विरुद्धको एकदिवसीय सिरिज आयरल्यान्ड वुल्भ्सद्वारा क्लिनस्वीप

अर्थ संसार

आइतबार, २५ चैत्र २०८०, १६ : २० मा प्रकाशित

नेपाल ए विरुद्धको एकदिवसीय सिरिज आयरल्यान्ड वुल्भ्सद्वारा क्लिनस्वीप

आयरल्यान्ड वुल्भ्सविरुद्धको तेस्रो एकदिवसीयमा पनि नेपाल 'ए' टोली पराजित भएको छ । खेलमा आयरल्यान्ड वुल्भ्स ६९ रनको अन्तरले विजयी भएको हो ।

त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाली टोली टस हार्दै फिल्डिङमा उत्रिएको थियो । ब्याटिङ गरेको आइरिस टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रनको विशाल स्कोर खडा गर्न सफल भयो । टोलीका लागि स्टेफेन डोहेनी सर्वाधिक १०७ रन बनाउँदा म्याथ्यु हम्फ्रेले २४ र पिटर मुरले ४४ रनको योगदान दिए । नेपालका रिजन ढकाल र रन्जित कुमारले समान ३-३ विकेट लिन सफल रहे ।

प्रतिउत्तरमा २८५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २१५ रनमै अलआउट हुन पुग्यो । नेपाली टोलीका लागि अर्जुन कुमालले आकर्षक शतकसहित सर्वाधिक १०२ रन बनाउँदा अर्जुन साउदले ३६ तथा नरेन सिंह र रुपेश कुमारले समान १५ रनको योगदान दिए । आयरल्यान्डका ग्याभिन होले ४ र बेन ह्वाइटले ५ विकेट लिन सफल रहे ।

यस अघि तीन खेलको टिट्वान्टी सिरिजमा नेपालले २-१ को हार व्यहोरीसकेको छ भने एकदिवसीय सिरिजमा ३-० को एकतर्फी हार व्यहोरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको