Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन क्यापिटलले खुलामुखी म्युचुअल फण्ड योजना संचालन गर्न बोर्डसँग माग्यो अनुमति

अर्थ संसार

आइतबार, २५ चैत्र २०८०, १६ : ५७ मा प्रकाशित

हिमालयन क्यापिटलले खुलामुखी म्युचुअल फण्ड योजना संचालन गर्न बोर्डसँग माग्यो अनुमति

हिमालयन क्यापिटलले पनि खुलामुखी सामुहिक लगानी कोष योजना संचालन गर्ने भएको छ । क्यापिटलले खुलामुखी सामुहिक लगानी कोष योजना संचालन गर्नको लागि अनुमति माग गर्दै चैत्र १९ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

क्यापिटलले हिमालयन म्युचुअल फण्ड अन्तर्गत रहने गरि हिमालान दिर्घकालिन बचत योजना नामक खुलामुखी फण्ड संचालन गर्ने भएको हो । 

सुरुवातमा एक अर्बको आकारमा सञ्चालनमा आउन लागेको फन्डको योजना व्यवस्थापक हिमालयन क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरलेले फन्डको १० करोड इकाई निष्काशन गर्ने छ ।

बोर्डबाट अनुमति पाएपछि क्यापिटलले उक्त खुलामुखी योजनाको इकाई निष्काशन गर्ने छ । हाल क्यापिटलले ८० २० नामको बन्दमुखी म्युचुअल फण्ड संचालन गरिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको