Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन क्यापिटलको लाभांश पारित

अर्थ संसार

विहीबार, २९ कार्तिक २०८१, १३ : ५५ मा प्रकाशित

हिमालयन क्यापिटलको लाभांश पारित

हिमालयन क्यापिटल लिमिटेडले सातौँ वार्षिक साधारणबाट ७ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

बुधबार सम्पन्न सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, सभाले गत आव ०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, ०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ । साथै, साधारणसभामा संस्थाका सञ्चालकहरूको पुनर्नियुक्तिसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरिएको क्यापिटलले जनाएको छ ।

कार्यक्रममा आर्थिक वर्ष ०८०/८१ का उपलब्धिको समीक्षा गर्दै संस्थाका अध्यक्ष सुनीलप्रसाद गोर्खालीले संस्थाका भावी योजनाबारे प्रकाश पारे । त्यस्तै, संस्थाका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संस्थाले प्रविधिको उच्चतम प्रयोग गर्दै आफ्ना सबै ग्राहकलाई आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको