Like us!
Follow us!
Connect us!
Watch us!

क्षमता विस्तार गर्न थप ६ अर्ब बढी रुपैयाँ लगानी गर्दै मारुती सिमेन्ट

अर्थ संसार

सोमबार, २६ चैत्र २०८०, १३ : १३ मा प्रकाशित

क्षमता विस्तार गर्न थप ६ अर्ब बढी रुपैयाँ लगानी गर्दै मारुती सिमेन्ट

मारुती सिमेन्टले अहिले उत्पादन गरिरहेको क्षमतालाई बढाउने योजनासहित ६ अर्ब २१ करोड रुपैयाँ लगानी गर्ने भएको छ। कम्पनीसँग अहिले दैनिक १५ सय मेट्रिक टन क्लिङ्कर र २ हजार मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता छ ।

कम्पनीले थप लगानी गरेर दैनिक १५ सय मेट्रिक टनबाट ३३ सय मेट्रिक टन क्लिङ्कर र २ हजार मेट्रिक टनबाट ४ हजार मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्ने योजना बनाएको छ ।

कम्पनीले उक्त उद्योग क्षमता विस्तार गर्न लगानीको अनुपात ६३:३६ राखेको छ । त्यस्तै कम्पनीले क्षमता विस्तार गर्न ५ अर्ब ५५ करोड ६५ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ८९ करोड ८१ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीको पछिल्लो ३ वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष व्यापार घट्दै गएको देखिन्छ ।

कम्पनीको देशभर २ सयभन्दा बढी डिलर छन् । कम्पनीले मरुती ब्राण्डमा उत्पादित सिमेन्ट बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सन् २०२३ मा ३.२३ खुदा नाफा कमाएको छ । सन् २०२२ मा ५.०४ प्रतिशत नाफा कमाएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको